आईपीएलः मुम्बईको पहिलो जित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ बैशाख १८, आईतबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

बैशाख १८, काठमाडौँ । मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पहिलो जित हासिल गरको छ । मुम्बईमा शनिबार राति राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै मुम्बईले पहिलो जित हात पारेको हो ।

राजस्थानले दिएको १ सय ५९ रनको लक्ष्य मुम्बईले १९ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । मुम्बईको जितमा सूर्यकुमार यादवले ५१ रनको अर्धशतकीय इनिङ खेले । तिलक बर्माले ३५ रन जोड्दा इशान किशनले २६ रन बनाए । टिम डेभिडले अविजित २० रन जोडे ।

राजस्थानका ट्रेन्ट बोल्ड, प्रशिद्द कृष्ण,रविचन्द्र आश्विन, कुलदिप सेन र युजभेन्द्र चाहलले १/१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो । राजस्थानका लागि जोस बट्लरले ६७ रनको अर्धशतकीय इनिङ खेले । रविचन्द्र आश्विनले २१, द्र्याल मिचेलले १७, सन्जु सामसनले १६ तथा देबदुत पडिकलले १५ रन बनाए ।

मुम्बईका हृतिक शोकेन र रिली मेरीदिथले २/२ विकेट लिए ।

यस जितसँगै मुम्बईले पहिलो २ अंक जोडेको छ । मुम्बईले लगातार ८ खेलको हारपछि नवौं खेलमा जित निकालेको हो । मुम्बई पुछारमै रहेको छ ।

राजस्थानले ९ खेलमा १२ अंक जोडेको छ । राजस्थान दोस्रो स्थानमा रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस