भक्तपुरका चार नगरपालिका र ६ महानगरको मतपत्र छपाइ सुरु

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ बैशाख १८, आईतबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

बैशाख १८, काठमाडौँ । निर्वाचन आयोगले भक्तपुरका चार नगरपालिका र ६ महानगरपालिकाको मतपत्र छपाइ सुरु गरेको छ । आयोगले शनिबार उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरेसँगै आइतवार मतपत्र छपाइ शुरु गरेको हो ।

उम्मेदवार संख्याको आधारमा छाप्ने भन्दै निर्वाचन आयोगले ६ महानगर र भक्तपुरका ४ नगरपालिकाको मतपत्र छपाइ बाँकी राखेको थियो । काठमाडौं, ललितपुर, भरतपुर, पोखरा र वीरगञ्ज र विराटनगर महानगरपालिका तथा भक्तपुर, मध्यपुर थिमी, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका लागि करिब १४ लाख मतपत्र छपाइ हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

यसबाहेक स्वतन्त्र उम्मेदवार बढी भएका केही जिल्लाका लागि पनि मतपत्र पुनः छपाइ हुने जनाएको छ । अहिले कति पालिकामा स्वतन्त्र उम्मेदवार बढी भए तथ्यांक संकलन कार्य भइरहेको प्रवक्ता पौडेलले जानकारी दिए ।

हालसम्म ७६ जिल्लाका १ करोड ८१ लाख मतपत्र छापिइसकेको छ । शनिबारसम्ममा ४९ जिल्लामा मतपत्र ढुवानी भइसकेको आयोगले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस