एमसीसी सम्झौता राजपत्रमा प्रकाशित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख १८, आईतबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

बैशाख १८, काठमाडौँ । नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीचको सम्झौता राजपत्रमा प्रकाशित भएको छ ।

प्रतिनिधिसभाको गत फागुन १५ गतेको बैठकले व्याख्यात्मक टिप्पणीसहित अनुमोदन गरेको सम्झौता कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले यही वैशाख १५ गते राजपत्रमा प्रकाशित गरेको हो ।

एमसीसी सम्झौता अनुसार ऊर्जा व्यापारलाई सहजीकरण गरी नेपालको विद्युत ग्रिडमा विद्युत् आपूर्तिको उपलब्धता तथा स्थिरतामा सुधार गरी विद्युत उपभोग वृद्धि गर्ने र रणनीतिक सडक सञ्जालमा सडकको गुणस्तर कामय राख्ने लक्ष्य रहेको छ । नेपाल सरकार र एमसीसीबीच २०७४ भदौ २९ गते सम्झौता भएको थियो ।

यहाँ क्लिक गर्नुहोस नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज (MCC) सम्झौता सम्बन्धी

ताजा अपडेट

खोजी गर्नुहोस