एमाले नेता साह एकीकृत समाजवादीमा प्रवेश

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ बैशाख १९, सोमबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख १९, काठमाडौ । नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य रामजी साह पार्टी परित्याग गरी एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । रौतहटको गरुडामा आयोजित एक समारोहबीच साहसँगै अन्य कार्यकर्ता एमाले परित्याग गरेर समाजवादीमा प्रवेश गरेका हुन् ।

पार्टी अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि माधव कुमार नेपालले टीका र माला लगाएर नवप्रवेशीहरुलाई स्वागत गरेका थिए । गरुडा नगरपालिकाको मेयरको टिकटका लागि समेत सिफारिस भएका रामजी साहले एमालेका केही नेताले टिकट वितरणमा एकलौटी गरेकाले पार्टी परित्याग गरेको बताए । वर्षौंदेखि एमालेको झोला बोक्दै आएपनि कुनै वास्ता नहुनु र हिजो अस्ति मात्र प्रवेश गरेकाहरूलाई नेतृत्व पङ्क्तिले काखी च्यापेको देखेर बाध्य भएर पार्टी छोडेको साहले प्रतिक्रिया दिएका छन् ।

उक्त अवसरमा नेता नेपालका साथै पूर्व राजदूत डाक्टर वंशीधर मिश्र लगायतको उपस्थिति थियो । गृह जिल्ला रौतहटमा आइतबार पुगेका नेता नेपालले चन्द्रपुर,वृन्दावन लगायतका स्थानमा चुनावी सभालाई सम्बोधन गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस