चुनाव प्रचारको क्रममा लडेर मृत्यु

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ बैशाख १९, सोमबार (३ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

बैशाख १९, प्युठान । प्युठानको नौबहिनी गाउँपालिका २ लिघामा भीरबाट लडेर एक वृद्धको मृत्यु भएको छ ।

स्थानीय तह निर्वाचनको प्रचारका क्रममा लिघा सिरिवाङका ५६ वर्षीय धन बहादुर थापामगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय बाहनेका प्रहरी निरीक्षक भानुभक्त अर्यालले बताए ।

अर्यालका अनुसार थापामगरको घटनास्थलमै मृत्यु भएको हो ।

आइतबार नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी सहितको गठबन्धन टोलीसँग उनी गाउँमा भोट माग्न गएका थिए । गाउँमा घरदैलो गरी फर्किने क्रममा मगरको लडेर मृत्यु भएको स्थानीयले बताएका छन् ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस