केशव स्थापितलाई निर्वाचन आयोगद्धारा २४ घण्टे स्पष्टीकरण

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख १९, सोमबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

वैशाख १९,काठमाण्डौ । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका मेयर पदका उम्मेदवार केशव स्थापितलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । स्थापित काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयर पदको उम्मेदवार छन् । उनले ब्यक्त गरेका कतिपय शब्दहरुबारे आयोगमा उजुरी परेकाले त्यसअनुसार के भएको हो सोबारे २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिएको आयोगका सूचना अधिकारी सूर्य प्रसाद अर्यालले जानकारी दिए ।

यही वैशाख १५ गते काठमाडौंको एक कलेजमा भएको कार्यक्रममा स्थापितलाई यौन दुर्व्यवहारसम्बन्धी प्रश्न सोधिएको थियो । प्रश्नकर्तालाई लक्षित गरेर स्थापितले दिएको अभिव्यक्तिका सम्बन्धमा उजुरी परेपछि आयोगले स्पष्टीकरण सोधेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस