त्रिविका विभागमा छैनन् विद्यार्थी !

Post Thumbnail

मंसिर १८, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको मुख्य द्वारबाट तीन सयमिटरको दूरीमा एउटा भवनको भित्तामा त्रिवि इतिहास केन्द्रीय विभाग लेखिएको पुरानो बोर्ड छ। न त्या विद्यार्थी देखिन्छन् न प्राध्यापक नै।

कुनैबेला खचाखच हुन्थे इतिहास विभागमा विद्यार्थी। २०३३ सालमा त्रिविमा इतिहास पढ्ने ४० जना विद्यार्थी थिए। २०१६ सालदेखि नै त्रिवि केन्द्रीय विभागमा स्नातकोत्तर तहमा इतिहासको विषयको पठनपाठन हुन थालेको हो।

त्रिवि मानवीकी संकायअन्तर्गत स्नातकोत्तरका अन्य विषयगत विभाग पनि विद्यार्थी अभावमा सुनसान छन्। संस्कृत, नेपाल भाषा, नेपाली, जनसंख्या, बौधधर्म, हिन्दी र भूगोल विभागमा समेत विद्यार्थीको संख्या अत्यन्तै न्यून रहेको छ।

त्रिविको तथ्यांक अनुसार इतिहास पढ्ने विद्यार्थी संख्या शून्य छ भने हिन्दीका २ विद्यार्थी छन्। त्यस्तै बौद्ध दर्शनमा ८, जनसंख्याका २० विद्याथी, नेपाली पढ्ने २२ संस्कृतका विद्यार्थी २२ र भूगोलका ३६ जना मात्रै रहेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस