आज पहाडी भू–भागको मौसममा बदली हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख २०, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख २०, काठमाडौँ । हाल देशमा स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथर भू–भागसम्म बनेको न्यूनचापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ । प्रदेश नम्बर–१ को एक/दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । अन्य भू–भागमा मौसम सामान्यता सफा रहनेछ । पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । अरू भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश–१, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस