कोलकत्ताले राजस्थानलाई हरायो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ बैशाख २०, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख २०, काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले जित निकालेको छ । मुम्बईमा सोमबार राति कोलकत्ताले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको हो ।

राजस्थानले दिएको १ सय ५३ रनको लक्ष्य कोलकत्ताले १९ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । कोलकत्ताको जितमा नितिश रानाले अविजित ४८ रन बनाए । रिन्कु सिंह ४२ रन अविजित रहे ।

कप्तान श्रेयस एयर ३४ तथा बाबा इन्द्रजितले १५ रन जोडे ।

राजस्थानका प्रशिद्द कृष्ण, ट्रेन्ट बोल्ट र कुलदिप सेनले १/१ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५२ रन बनाएको थियो । राजस्थानका सन्जु सामसनले ५४ रनको अर्धशतकीय इनिङ खेले । जोस बट्लरले २२ तथा शिम्रन हिटम्मायर २७ रनमा अविजित रहे ।

कोलकत्ताका टिम साउथीले २ विकेट लिए ।

यस जितसँगै कोलकत्ताले १० खेलमा ८ अंक जोडेको छ । कोलकत्ता सातौं स्थानमा रहेको छ । राजस्थान १० खेल्म्मा १२ अंक जोडेर तेस्रो स्थान रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस