प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ : सभामुख

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ बैशाख २०, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख २०, काठमाडौँ । आज विश्व प्रेस स्वतन्त्रता दिवस । स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विण्डहक घोषणापत्र जारी भएको दिनको सम्झनामा मे ३ तारिखमा प्रेस स्वतन्त्रता दिवस मनाइन्छ ।

सन् १९९३ मा युनेस्कोको आयोजनामा अफ्रिकी मुलुक नामिबियाको विण्डहक सहरमा पत्रकारको सम्मेलनले घोषणापत्र जारी गरेको थियो । त्यसैको सम्झनामा संयुक्त राष्ट्रसंघले यो दिवस मनाउने निर्णय गरेको थियो ।

नेपालमा पनि विभिन्न कार्यक्रम गरी प्रेस स्वतन्त्रता दिवस मनाउने गरिएको छ । दिवसको अवसरमा पत्रकारले राज्यलाई प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम गर्छन् ।

दिवसकै अवसरमा सभामुख अग्निप्रसाद सापकोटाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएको बताएका छन् । शुभकामना दिँदै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताले लोकतन्त्रलाई उन्नत बनाउन विशेष भूमिका खेलेको बताएका हुन् ।

‘प्रेस जगतको यो भूमिकाको खुला हृदयले प्रशंसा गर्दछु’, उनले भनेका छन्, ‘नेपाली सञ्चारजगत् संविधानप्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ मजबुत एकताका साथ निर्भयपूर्वक लागिरहने छ भन्ने अपेक्षा गरेको छु ।’

ताजा अपडेट

खोजी गर्नुहोस