बाढीले बगाउँदा एक किशोरीको मृत्यु

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ बैशाख २०, मंगलबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

बैशाख २०, दाङ । खहरे खोलामा आएको बाढीले बगाउँदा दाङमा एक किशोरीको मृत्यु भएको छ । बबई गाउँपालिका वडा नम्बर ४ हस्नापुरकी सन्ध्या परियारको हस्नापुर खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको हो ।

सोमबार अपरान्ह परेको भारी पानीले हस्नापुर खोलामा ठूलो बाढी आएको थियो । घर फर्कने क्रममा खोला तर्दा परियारलाई बगाएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

परियारलाई बाढीले बगाएको खबरपछि इलाका प्रहरी कार्यालय हापुरेबाट प्रहरी नायब निरीक्षक केशबराज रेग्मीको नेतृत्वमा खटिएको प्रहरी टोलीले बगेको स्थानदेखि करिब एक सय५० मिटर दक्षिणबाट उनलाई उद्धार गरेको थियो ।

गम्भीर अवस्थामा रहेकी उनलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । किशोरीका आमाबुवा भारतमा छन् ।

यस्तै, दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ तुलसीपुरमा इनार खन्ने क्रममा भत्किएर पुरिएका एक युवाको उद्धार हुन सकेको छैन ।

प्रहरीका अनुसार शनिबार बिहान साढे ११ बजेतिर साजकुटीमा इनार खन्ने क्रममा तुलसीपुर १७ जमेराका २५ वर्षीय हरि चौधरी पुरिएका थिए ।

उनको उद्धारको प्रयास जारी रहेको र मंगलबार दिउँसोसम्म उद्धारको काम सकिने प्रहरीले बताएको छ । ४० फिट गहिरो कुवा खन्ने क्रममा उनी पुरिएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस