ब्रोकरबाट सेयर किन्दा ७० प्रतिशतसम्म कर्जा पाइने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ बैशाख २०, मंगलबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

बैशाख २०, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मार्जिन कारोबार सुविधा सम्बन्धि संशोधित कार्यविधि कार्यान्वयनमा ल्याएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले २०७५ सालमा जारी गरेको उक्त कार्यविधि बोर्डद्वारा २०७८ जेठ ११ गते प्रथम संशोधन भएको एक वर्षमा नेप्सेले बैशाख १४ गतेदेखि संशोधित कार्यविधि कार्यान्वयनमा ल्याएको हो । ।

बोर्डले संशोधन गरेको कार्यविधिबाट अब लगानीकर्ताहरुले ब्रोकरमार्फत ७० प्रतिशत कर्जा पाउनेछन् । यस अघि ५० प्रतिशतसम्म मात्र पाउने व्यवस्था थियो । संशोधित व्यवस्था अनुसार लगानीकर्ताहरुले शेयर धितो राख्दा ३० प्रतिशत रकम वा सो मूल्य बराबरको शेयर धितो राखे पुग्ने भएको हो ।

लगानीकर्ताहरुले मार्जिन कर्जाका लागि धितो राखेको शेयरको मूल्याङ्कन गर्दा १२० दिनको औसत मूल्य वा बजार मूल्यमध्य जुन कम हुन्छ त्यसैको आधारमा कर्जा दिन सकिने व्यवस्था भएको छ । यस अघि १८० दिनको औसत मूल्यको आधारमा धितो राखेको शेयरको मूल्याङ्क गर्नुपर्ने व्यवस्था थियो ।

यस अघि लगानीकर्ताहरुले ब्रोकरबाट पाउने रकमबाट एक कम्पनीमा १० प्रतिशतसम्म मात्र राख्न पाउने व्यवस्था रहकोमा संशोधित कार्यविधिले भने एकभन्दा बढी कम्पनीमा लगानी गर्न पाउने व्यवस्था गरेको छ । लगानीकर्ताहरुले प्रत्येक दिन कम्तीमा मार्जिन रकम २० प्रतिशत बराबर कायम गर्नुपर्ने भएको छ । शेयर धितोको मूल्य २० प्रतिशतभन्दा कम हुन नदिन नदिन भनिएको छ ।

शेयर धितोको मूल्य कम्तीमा २० प्रतिशत कायम गर्न नसकेमा ब्रोकरले रकम थप्न मार्जिन कल गर्नेछ । शेयर धितोको मूल्य १५ प्रतिशतमा झरेमा भने ब्रोकरले लगानीकर्तालाई सूचना दिएको चार दिनपछि उक्त शेयर आफैं बिक्री गरिदिन संशोधित व्यवस्थामा उल्लेख छ । ब्रोकरले शेयर बिक्री गरेको वापतको रकमनै २० प्रतिशत बराबर पुग्ने गरी धितोको रूपमा राख्न सकिने व्यवस्था भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस