नाइजेरियामा एउटा भवन भत्किँदा च्यापिएर नौ जनाको मुत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ बैशाख २०, मंगलबार (२ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

वैशाख २०, काठमाण्डौ । नाइजेरियामा एउटा भवन भत्किँदा च्यापिएर नौ जनाको ज्यान गएको छ । दक्षिणी नाइजेरियाली लागोस राज्यको एक नगरमा तीन तले भवन भत्किएको र त्यसमा परेर नौ जनाको ज्यान गएको नाइजेरियाको प्रहरीलाई उदृत गर्दै समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।

हिजो बेलुकी भएको घटनामा अरु केही व्यक्ति हराइरहेका र उनीहरुको खोजी भइरहेको नाइजेरियन प्रहरीले जनाएको छ । भग्नावशेषबाट आज चार वर्षका बालकको शव निकालिएको छ । भवनमा कति मानिस थिए यकिन नभएकोले ज्यान गुमाउने र घाइते तथ्याङ्क आउने सकेको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस