नागरिकतालाई अनएराइभल भिसाजस्तो सस्तो बाँड्नु हुन्न

-प्रेमलकुमार खनाल देशको सार्वभौमिकता, स्वतन्त्रता, राष्ट्रिय एकता, राष्ट्रिय सुरक्षाको रक्षा र प्रवद्र्धन गरेर मात्र राष्ट्रियताको प्रवद्र्धन हुन सक्छ । राष्ट्रियता बलियो भए देश बलियो हुन्छ । नेपाली भाषा, मातृभाषा तथा संस्कृतिको संरक्षण र संवद्र्धन, सीमा सुरक्षा, र राष्ट्रिय पुँजी निर्माण तथा तीव्र विकास गरेर स्वाधीन एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणबाट नै राष्ट्रियताको प्रवद्र्धन गर्न मद्दत पुग्छ । राष्ट्रियतासँग नागरिकताको प्रगाढ सम्बन्ध हुन्छ । कुनै पनि देशमा नागरिकता प्राप्त गर्ने विभिन्न आधार हुन्छन् । नागरिकता एक राजनीतिक अवधारणा हो । आधुनिक राज्य व्यवस्थामा राज्यअन्तर्गत स्थायी जनसङ्ख्या, सार्वभौमसत्ता, भूगोल र सरकार राज्यका पूर्वसर्त…

पुरा पढ्नुहाेस्