सुन १४ सय रुपैयाँले घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

माघ २०, काठमाडौँ । हालसम्मकै उच्च मूल्य प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँ पुगेको सुनको मूल्यमा शुक्रवार एकै दिन १४ सय रुपैयाँले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घट्दै १ लाख ६ हजार एक सय रुपैयाँमा झरेको हो । यस्तै आज यता तेजाबी सुनको मूल्य समेत तोलामा १४ सय रुपैयाँले नै घट्दै १ लाख ५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ३० रुपैयाँले घट्दै आज प्रतितोला १ हजार…

पुरा पढ्नुहाेस्