६ बुँदे मागसहित सेयर लगानीकर्ताहरूले देउवालाई बुझाए ज्ञापनपत्र

जेठ १२, काठमाडौँ । ६ बुँदे मागसहित सेयर बजारका लगानीकर्ताहरुले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन । बिहिबार पुँजी बजार सुधारका लागि विभिन्न मागहरु राखी ज्ञापनपत्र बुुझाएको हो । खुला रुपमा नयाँ ब्रोकर लाइसेन्स, नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रिया बिना ढिलासुस्ती कार्यान्वयन गर्न माग गरिएको छ । नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजी बजार लगानीकर्ता संघका प्रतिनिधिहरुको टोलीले देउवालाई बुझाएका हुन् । लगानीकर्ताले १२ करोडसम्मको सेयर कर्जाको सीमाले सेयर बजारलाई निरुत्साहित गरेकोले सो व्यवस्थालाई फिर्ता लिन, सेयर कर्जामा…

पुरा पढ्नुहाेस्