नक्कली भुटानी शरणार्थी प्रकरण : पक्राउ पर्नेको संख्या १७ पुग्यो

जेठ १३, काठमाण्डौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ । प्रहरीले शुक्रवार थप १ जनालाई पक्राउ परेपछि संख्या १७ पुगेको हो । पक्राउ पर्नेमा प्रहरीको फरार सूचीमा रहेकी लक्ष्मी महर्जन रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार महर्जनको खातामा ठगी गरेको रकम जम्मा गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । सन्देश शर्माले लक्ष्मीको खाता नम्बर पठाएअनुसार गजेन्द्र बुढाथोकीले लाखौं रुपैयाँ जम्मा गरेको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेकी महर्जनलाई प्रहरीले शुक्रवारै जिल्ला अदालतमा उपस्थित गराई हिरासतमा…

Read More

नक्कली भुटानी शरणार्थी प्रकरण: काठमाडौँ जिल्ला अदालतमा ३३ जनाबिरुद्ध मुद्दा दर्ता

जेठ १०,काठमाडौँ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने बहानामा भएको ठगी प्रकरणको मुद्दा दर्ता भएको छ । बुधबार सरकारी वकिलको कार्यालयले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । जसअनुसार अभियुक्तहरुविरुद्ध ठगी, कीर्ते, संगठित र राज्यविरूद्धको गरी चार वटा छुट्टाछुट्टै मुद्दा लगाइएको छ । यस्तै २७ करोड २१ लाख बिगो माग गरिएको छ । यसअघि सरकारी वकिल कार्यालयको आठ सदस्यीय समितिले प्रहरीले बुझाएको रायसहितको प्रतिवेदन अध्ययन गरी अभियोजन पत्र तयार गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा सयौँ नागरिकको करोडौँ रकम…

Read More

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो, को निस्कियो दोषी ?

काठमाडौँ । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले झण्डै दुई महिना लामो अनुसन्धानपछि आज प्रतिवेदन बुझाएको हो । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं असुली गर्ने प्रयासमा कम्तिमा ३२ जना संलग्न रहेको निष्कर्ष निकालेको र रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको काठमाडौं प्रहरी परिसरका एक अधिकृतले बताए । केहीलाई ठगी र संगठित अपराधसहित केहीलाई लिखतसम्बन्धी कसुर कीर्तेमा मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको स्रोतले बतायो । केहीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान…

Read More

नक्कली भुटानी शरणार्थी प्रकरणमा ‘हदम्याद’भित्र अनुसन्धान भ्याउन कठिन

जेठ ५, काठमाण्डौँ । एकातिर दिनहुँ नयाँनयाँ तथ्य भेटिइरहँदा थप व्यक्तिलाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याउनुपर्ने छ भने अर्कातिर ‘६० दिने’हदम्याद सकिने दिन नजिक आइरहेको छ । संगठित अपराध निवारण ऐन, २०७० अनुसार पक्राउ परेका व्यक्तिलाई ६० दिन हिरासतमा राखेर अनुसन्धान गर्न सकिन्छ । ऐनअनुसार हदम्याद सन्निकटमा आइसकेको छ। हदम्याद गुज्रिने दिन नजिकिँदै आउँदा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंबाट अनुसन्धान सकाएर प्रतिवेदन बुझाउन प्रहरीलाई निरन्तर दबाब आइरहेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानको नेतृत्व जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको छ । आवश्यकताअनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौं…

Read More

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको निष्कर्ष कस्तो आयो ? मुख्य योजनाकार सार्वजनिक !

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुख्य योजनाकार इन्द्रजित राई भएको प्रहरीले निष्कर्ष निकालेको छ । सरकारले ३० जेठ २०७६ मा पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समाधानका उपायहरु पहिल्याउन भन्दै कार्यदल गठन गर्नु अघिबाटै रकम उठाउन सुरु भएको अनुसन्धान अधिकृतहरु बताउँछन् । योजनाकार राई तत्कालीन उपप्रधान एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझी र तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार हुन् । रायमाझीले तत्कालीन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार राईसँग मिलेर शरणार्थी बनाउने नाममा असुली गर्ने चलखेलको योजना बनाएको अनुसन्धान अधिकृतहरुको निष्कर्ष छ ।

Read More

नक्कली भुटानी शरणार्थी प्रकरणमा पाँच कसुर आकर्षित हुने

जेठ ४, काठमाण्डौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले हालसम्मको अनुसन्धान ‘संगठित अपराधसम्बन्धी’कसुरमा गरिरहेको छ। सुरुमा ठगीसम्बन्धी कसुरमा अनुसन्धान थालेको प्रहरीले यो प्रकरणमा थुप्रै व्यक्ति जोडिएर योजनाबद्ध रूपमा ठगी गिरोह सञ्चालित रहेको पाएपछि संगठित अपराधमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट अनुमति मागेको थियो। अदालतले सहमति दिएपछि हालसम्मको अनुसन्धान संगठित अपराधकै सन्दर्भमा भइरहेको छ। अनुसन्धानमा खुल्दै गएका तथ्यका आधारमा यो प्रकरण अब ठगीसम्बन्धी कसुर र संगठित अपराधमा मात्रै सीमित हुने देखिन्न। यो प्रकरणमा संलग्नता पाइएकाहरूमाथि झन्डै पाँच कसुर आकर्षित हुन सक्ने अनुसन्धान अधिकारीहरू बताउँछन्। जसमा अनुसन्धान भइरहेको ठगीसम्बन्धी कसुर, संगठित अपराधसम्बन्धी…

Read More

नक्कली भुटानी शरणार्थी प्रकरण छानबिनमा कुनै प्रभाव र दबाब पर्न दिन्न: प्रधानमन्त्री दाहाल

बैशाख २९,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज शुक्रवार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को ज्ञापनपत्र बुझ्दै उहाँले दोषीले छुट नपाओस् र निर्दोष नपरोस् भन्नेमा सरकार स्पष्ट रहेको बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले यो प्रकरणमा भइरहेको छानबिनमा कुनै प्रभाव र दबाब पर्न नदिने प्रतिबद्धता पनि जनाए । उनले वर्तमान सरकार सुशासन, समृद्धि र संविधानको कार्यान्वयनमा पूर्ण प्रतिबद्धताका साथ लागिपरेको उल्लेख गर्दै कुनै पनि प्रभाव र दबाबलाई स्वीकार नगर्ने र पछि पनि नहट्ने बताए।…

Read More

नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान प्रक्रियालाई सघाउने एमालेको निर्णय

वैशाख २७, काठमाडौँ । नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टी सचिव टोपबहादुर रायमाझीले अनुसन्धान प्रक्रियालाई सघाउनुपर्ने निष्कर्ष निकालेको छ । मंगलबार केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टी केन्द्रिय सचिवालय बैठकले सो निर्णय गरेको हो । सचिव रायमाझीको नाम पनि सो प्रकरणमा आएकाले उहाँले विधिपूर्वक, कानुनपूर्वक अनुसन्धानको काममा सघाउनुपर्ने निर्णय गरिएको पार्टीका उपमहासचिव एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । पक्राउ पूर्जी जारी गरिएका एमाले सचिव रायमाझी फरार रहनु भएको छ । तर, अनुसन्धानको प्रक्रियालाई उनले सघाउनुपर्ने पार्टीले निर्णय गरेको प्रचार विभाग प्रमुख गुरुङले बताए ।…

Read More

नक्कली भुटानी शरणार्थी प्रकरणः पूर्वउपराष्ट्रपति पुनका छोरा पनि मुछिए

वैशाख २३, काठमाडौँ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’का छोरा दिपेश पुन पनि मुछिएका छन् । जिल्ला प्रहरी परिसर काठमााडौंका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका मध्ये सन्दीप रायमाझीले बयानका क्रममा दिपेशको नाम लिएका छन् । तर, ठोस प्रमाण फेला नपरेको हुँदा उनी विरुद्ध पक्राउ पुर्जी भने जारी भएको छैन् ।

Read More