पहिलो प्रेम पत्र : आसमा वाँच्नु पनि त प्रेम नै हो नि !

सुमन कुमार खतिवडा टेवलभरि किताबहरु छरपस्ट छन । नयाँ पुराना गरेर करिब दुई दर्जन जति किताब हुदा हुन त्यति थोरै किताहरु पनि व्यवस्थित गरेर राख्न नसकेको आफै  अचम्मित हुन्छु । झ्याल ठोका सवै बन्द गरेर लामो समय सम्म राखेकोले होला कोठामा ढुसी गन्हाइरहेको हुन्छ  । झ्याल खोल्छु अनि किताब मिलाउनतर्फ लाग्छु । एउटा पुरानो गाता हालेको किताब भेटिन्छ । किताबको पाना पल्टाउदै जादा विगतका यादहरुले एकाएक आएर  ठुंग्छन । स्कुलका पढ्दाका यादहरु एकपछि अर्को गर्दै स्मृतिको नगरमा फन्नक घुमेर जान्छन। माहानगर जस्तै स्मृतिको नगरसम्म चल्ने गाडी हुँदो हो त म…

पुरा पढ्नुहाेस्