मंसिर २६, काठमाण्डौ । यस वर्षको ‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार–२०७९’ पत्रकार दिपा दाहाललाई प्रदान गरिएको छ । नेपाल समाचार केन्द्रद्वारा सञ्चालित न्युजकारोबार डटकमको छैटौं वार्षिकोत्सवको अवसरमा आज सो पुरस्कार प्रदान गरिएको हो । केन्द्रकी अध्यक्ष लक्ष्मी श्रेष्ठ खत्री र नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवन भट्टले पुरस्कारसहित सम्मानपत्र हस्तान्तरण गरेका हुन् । पुरस्कारको राशि ३४ हजार रुपैयाँ छ । पुरस्कार ग्रहणपछि पत्रकार दाहालले नेपालको पहिलो आर्थिक दैनिकको सम्पादक विजयबाबुको सम्झना स्थापित पुरस्कारबाट सम्मानित हुन पाउँदा आफू गौरवान्वित भएको बताइन् । ‘मन भारी पनि भइरहेको छ । उहाँ अहिले हुनुहुँदो हो…
Read MoreTag: ‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार २०७९’ दिपा दाहाललाई प्रदान गर्ने निर्णय
‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार २०७९’ दिपा दाहाललाई प्रदान गर्ने निर्णय
काठमाडौं,यस वर्षको ‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार दिपा दाहाललाई प्रदान गरिने भएको छ । विजयबाबु खत्रीको एघारौं स्मृति दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा नेपाल समाचार केन्द्र प्रालिकी अध्यक्ष लक्ष्मी श्रेष्ठ खत्रीले पत्रकार दाहाललाई पुरस्कृत गर्ने निर्णय भएको जानकारी दिइन् । पत्रकार दाहालले २०६२ सालमा सुर्खेतको रेडियो भेरीबाट पत्रकारिता सुरू गरेकी हुन् । त्यसयता रेडियो कान्तिपुर, अन्नपूर्ण पोष्ट, देशसञ्चार अनलाइन, कान्तिपुर टीभी काम गरेकी उनी हाल उकालो डटकममा वरिष्ठ संवाददाताको रूपमा कार्यरत छन् । आमसञ्चार र पत्रकारिता विषयमा स्नातकोत्तर गरेकी उनी विभिन्न पुरस्कारबाट पुरस्कृत छन् । पुरस्कार छनोटका लागि नेपाल पत्रकार…
Read More