शेयर बजार १६ अङ्कले बढ्यो, १ अर्ब १७ करोड रुपैयाँको कारोबार

असोज २, काठमाण्डौँ । शेयर बजार आज मङ्गलवार पनि बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव २४ अङ्कले बढेर एक हजार नौ सय ८५ दशमलव ४३ विन्दुमा पुगेको छ । आज होटल र व्यापारबाहेक अरू सबै समूहको शेयर उकालो लागेको छ । आज जलविद्युत्, विकास बैंक र उत्पादन समूहको शेयर उच्च अङ्कले बढेको छ । आज सबैभन्दा धेरै शुभम् पावर, थ्री स्टार हाइड्रो र मेन्छियाम हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले तथा बलेफी हाइड्रो, अभियान लघुवित्त, पिपुल्स हाइड्रो र राप्ती हाइड्रोपावर कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ…

पुरा पढ्नुहाेस्