अखिल नेपाल फुटबल संघ एन्फाको सोमबार बस्ने भनिएको कार्यसमिति बैठक स्थगित

साउन २, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको सोमबार बस्ने भनिएको कार्यसमिति बैठक स्थगित भएको छ । एन्फाका अध्यक्ष पंकजबिक्रम नेम्वाङ बिरामी भएर अस्पताल भर्ना भएका कारण बैठक स्थगित गरिएको महासचिव किरण राईले जानकारी दिए । ‘अध्यक्षज्यू बिरामी भएकोले बैठक स्थगित भएको छ । अब अर्को सूचनामा बैठक कहिले बस्ने जानकारी गराइन्छ’ उनले भने । अध्यक्ष नेम्वाङ हाल मेडिसिटी अस्पतालमा उपचाररत छन् ।

पुरा पढ्नुहाेस्

अखिल नेपाल फुटबल संघ एन्फाको आगामी चार बर्से कार्यकालका लागि आज निर्वाचन हुँदै

असार ६, काठमाण्डौ । अखिल नेपाल फुटबल संघ एन्फाको आगामी चार बर्से कार्यकालका लागि आज निर्वाचन हुँदैछ । ​बुढानिलकण्ठस्थित पार्क भिलेजमा साँझ आउने नजितासँगै एन्फाले २१ सदस्यीय नयाँ कार्यसमिति पाउनेछ । आगामी चार वर्ष एन्फा हाँक्न वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ आ–आफ्नो समूहसहित चुनावी प्रतिस्पर्धामा होमिएका छन् । यस्तै, फ्रेन्ड्स क्लबका पूर्वअध्यक्ष राजीव पौडेल समेत प्रतिस्पर्धामा छन् । चुनावको लागि अध्यक्ष पदमा तीन, वरिष्ठ उपाध्यक्षमा दुई, चार उपाध्यक्ष पदका लागि आठ, १३ खुल्ला सदस्य पदका लागि ३६ तथा दुई महिला सदस्य पदका लागि पाँच जनाको उम्मेदवारी…

पुरा पढ्नुहाेस्

अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमिति बैठक बस्दै

मंसिर २०, काठमाण्डौ । अखिल नेपाल फुटबल संघ एन्फाले कार्यसमिति बैठक बोलाएको छ । वार्षिक साधारण सभासहित विभिन्न एजेण्डामा छलफल गर्न एन्फाले यही मंसिर २५ गतेका लागि कार्यसमिति बैठक बोलाएको हो । एन्फा हेडक्वार्टर सातदोबाटोमा २५ गते बिहान ९ बजे बस्ने बैठकमा विभिन्न २३ भन्दा धेरै एजेण्डामा छलफल हुने एन्फाले जनाएको छ । बैठकमा एन्फा क्लब लाइसेन्सिङ रेगुलेसन, एन्फाका विभिन्न विभागको रणनीतिक योजना, युवा विकास परियोजना, विश्वकप छनोट प्रतियोगिताको तयारी गर्न राष्ट्रिय टिमको प्रशिक्षण तथा मैत्रीपूर्ण खेलमा सहभागिता तथा आयोजनालगायत विषयमा छलफल हुनेछ । यस्तै, एन्फाको कार्यक्रम अनुसार स्थगित भएका…

पुरा पढ्नुहाेस्