अफगानिस्तानमा शक्तिशाली भूकम्प : कम्तीमा २५० जनाको मृत्यु, १५० भन्दा बढी घाईते !

असार ८, काठमाण्डौ । अफगानिस्तानमा शक्तिशाली भूकम्पमा परी कम्तीमा २५० जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा मानिस घाइते भएका छन् । सामाजिक सञ्जालमा आएका तस्बिरबाट घाइतेको सङ्ख्या अनुमान गरिएको छ । सबैभन्दा बढी क्षति पक्तिका प्रान्तमा भएको छ । यस प्रदेशमा ठूलो संख्यामा घर भग्नावशेषमा परिणत भएका छन् । यहाँबाट आएको तस्विरमा घाइतेहरुलाई स्ट्रेचरमा बोकेर हिँडेको देख्न सकिन्छ । एक स्थानीय अधिकारीले बीबीसीलाई मृतकको संख्या अझै २५० रहेको तर यो संख्या अझै बढ्न सक्ने बताएको छ । घाइतेको संख्या १५० भन्दा बढी रहेको उनले बताए । जानकारीका अनुसार भूकम्पको…

पुरा पढ्नुहाेस्