अफगानिस्तानमा ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प

असार ८,काठमाडौँ । अफगानिस्तानमा ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको छ । त्यहाँको खोस्ट सहरबाट झण्डै ४४ किलोमिटर टाढा भूकम्पको केन्द्रबिन्दु रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भूकम्पको गहिराइ ५१ किलोमिटर छ । भूकम्पको धक्का अफगानिस्तानसहित पाकिस्तान र भारतका केही क्षेत्रमा महसुस गरिएको खबरमा उल्लेख छ । भूकम्पको क्षतिबारे अहिलेसम्म विवरण आएको छैन ।

पुरा पढ्नुहाेस्