नागढुङ्गादेखि मुग्लिनसम्मको सडक विस्तारको कामलाई तीव्रता दिने

असोज २४, काठमाण्डौ । सरकारले नागढुङ्गादेखि मुग्लिनसम्मको सडक खण्ड विस्तारको कामलाई तीव्रता दिने भएको छ । अहिले नागढुङ्गादेखि मलेखुसम्मका सडक मर्मतमा सीमित रहेको विस्तारको कामको गति चुनावपछि तीव्र पारिने सडक विभागले जनाएको छ । विभागका विकास सहायता महाशाखा प्रमुख रामहरि पोखरेलका अनुसार यो सडकखण्डलाई तीन भाग लगाएर विस्तार गरिनेछ । नागढुङ्गा–नौबीसे र नौबीसे–मलेखु खण्डको विस्तार गर्न ठेक्का लागेको वैशाख २०७९ मै ठेक्का लागेको थियो । यो खण्डमा अहिले ठेकदार र परमार्शदाताले सर्भेको काम गरिरहेको छ ।

पुरा पढ्नुहाेस्