अमेरिकी अर्थतन्त्रमा समस्या: राष्ट्रपति बाइडेन पपुवा न्युगिनीको भ्रमण रद्द गरेर स्वदेश फिर्ता

जेठ ९,काठमाडौँ । देशभित्रको आर्थिक समस्या चर्किएपछि अमेरिकी राष्ट्रपति जो बाइडेन पपुवा न्युगिनीको भ्रमण रद्द गरेर स्वदेश फर्केका छन् । जी–सेभेनको बैठकमा सहभागी हुन जापान पुगेका राष्ट्रपति बाइडेन पपुवा न्युगिनी पुगेर केही सम्झौता गर्ने कार्यक्रम थियो । पपुवा न्युगिनीले अमेरिकी राष्ट्रपति बाइडेनको सम्मानमा विशेष तयारी समेत गरेको थियो । तर यहीबेला देशको अर्थतन्त्रमा समस्या देखिएपछि बाइडेन स्वदेश फर्केको बीबीसीले जनाएको छ । रिपब्लिकन नेतृत्वको सदनले राष्ट्रपति जो बाइडेनले वर्तमान र भविष्यको सामाजिक सुरक्षा योजनामा कटौती नगरे राष्ट्रिय ऋण तिर्न नदिने बताएका छन् । संसदले सरकारी ऋण तिर्ने स्वीकृति केही दिनभित्रै…

पुरा पढ्नुहाेस्