‘महासंघमा जिल्ला नगरलाई स्थापित गर्ने नेतृत्व नै भएन्’ : अरुणराज सुमार्गी

बिर्तामोड । नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य अरुणराज सुमार्गीले जिल्ला नगरका उद्योगी व्यवसायीको हित गर्ने नेतृत्व नै महासंघमा आउन नसकेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका जिल्लानगरतर्फ उपाध्यक्षका उम्मेदवार सुमार्गीले यस्तो बताएका छन् । ‘महासंघमा जिल्ला नगरलाई स्थापित गर्ने नेतृत्व नै आएन्, न त उनिहरुको गुनासो र समस्यालाई नै सुनियो’ नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको पाँचौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले भने, ‘तर यसपाली मेरो उम्मेदवारी जिल्ला नगरको एजेण्डालाई माथी स्पष्ट राख्न र आगामी दिनमा जिल्ला नगरका उद्योगी व्यवसायी पनि महासंघको सफल नेतृत्व गर्न सक्षम…

पुरा पढ्नुहाेस्

धनगढीका बैंकहरुमा तालाबन्दी ! सुमार्गी भन्छन–’तत्काल बैँकको ब्याजदर सिंगल डिजिटमा झार्नुपर्छ’

फागुन १८,धनगढी । कैलालीको धनगढीस्थीत शाखा बैंकहरुमा तालाबन्दी गरिएको छ। कैलालीका उद्योगी व्यवसायीहरुले धनगढीका बैंक शाखाहरुमा तालाबन्दी गरेका हुन्। बैंकको चर्को ब्याजका कारण मर्कामा परेको भन्दै आन्दोलित उद्योगी व्यवासायीले धनगढीमा विरोध प्रदर्शनसहित बैंकका शाखाहरुमा तालाबन्दी गरीएको ब्यवसायी लोकेन्द्र लम्सालले बताए। बैंकका शाखाहरुमा तालाबन्दी भएपछि पैसा भुक्तान, जम्मा, ब्याज बुझाउने लगायतका कार्यहरु प्रभावित भएका छन्। उद्योगी व्यवसायीहरुले व्यवसायीमाथिको आतङ्क बन्द गर, बैङ्कको ब्याजदरमा एकरूपता कायम गर, व्यवसायीमाथिको व्यापार बन्द गर लगायतका नाराहरू लगाउँदै आन्दोलनका कार्यक्रम अघि बढाएका छन्। कैलाली उद्योग वाणिज्य संघका उपाध्यक्ष पुस्कर ओझाले व्यवसायीहरु मार्कामा परेर आन्दोलित भएपनि राष्ट्र…

पुरा पढ्नुहाेस्

‘मधेसका खाली जमिनमा व्यवसायिक कृषिको आयाम ल्याउनपर्छ’ : सभापति सुमार्गी

असार १४,सिरहा । सम्मृद्धीको आधार कृषि, उद्योग,पर्यटन भन्ने नाराका साथ जिल्ला उद्योग बाणिज्य संघ सिरहाको ३३ औँ बार्षिक साधारणसभा एवंम अधिवेशन सुरु भएको छ । संघका अध्यक्ष अशोकलाल अमात्यको अध्यक्षतामा भएको कार्यक्रममा मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले सभा उद्धघाटन गरेका थिए । लहानमा जारी सधारणसभालाई सम्बोधन गर्दै उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गीले सधारणसभाको सफलताको शुभकामना व्यक्त गरे । उनले आफुले कृषि उद्यम केन्द्रको सभापतिको रुपमा उद्योग बाणिज्य महासंघ मार्फत विभिन्न कार्यक्रम अघि बढाइरहेका बताउदै कृषि नै मुलकको सम्मृद्धीको आधार भएको बताए ।…

पुरा पढ्नुहाेस्

‘सरकारले कृषिलाई जोड दिएर बजेट ल्यायो’: सभापति सुमार्गी

जेठ १७,काठमाडौँ । उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा कृषि उद्यम तथा अनुसन्धान केन्द्रका सभापति अरुणराज सुमार्गीले आर्थिक वर्ष २०७९–०८० बजेट श्रृङगारयुक्त रुपमा आएको छ । कृषिमा बढेको बजेटले कृषिलाई फरक ढंगले हेरको उनले बताए । सुमार्गीले यो बजेट चुनावमुखी भएको भन्ने लाइनलाई चिर्न सक्नुपर्ने बताएका छन् । जिडिपीमा ३६ प्रतिशत रहेको कृषिको योगदानलाई बुझ्ने पहिलो अर्थमन्त्रीको रुपमा आफुले लिएको उनको भनाई थियो । बजेटका विषयमा प्रतिक्रिया दिँदै सुमार्गीले उनले खाद्यमा भएको मूल्य वृद्धिलाई स्थानीय उत्पादन बढाउन सरकारले आयातमा कर वृद्धिको रणनीति लिएको हुनसक्ने बताए । जसका कारण स्थानीय उत्पादन…

पुरा पढ्नुहाेस्

कृषि उद्यम केन्द्रको अगुवाईमा इजरायलले २५ नेपाली किसानलाई अवलोकन भ्रमण गराउने

चैत्र ३१,काठमाडौँ । उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गी नेतृत्वको टोलीले नेपालको लागि इजरायली राजदुत हनान गोडरसंग भेटवार्ता भएको छ । मंगलबार नेपालस्थित इजरायली राजदुतावासमा भएको भेटवार्तामा भर्खरै सभापति सुमार्गी भारतको हरियाणा राज्यको कर्नाल शहरमा रहेको भारतको प्रान्तिय सरकार भारत स्थित इजरायली राजदुताबासको लगानीमा संचालित Center Of Excellence – Karnal Hayana DDH परियोजनाको अध्ययन भ्रमण पश्चात नेपालमा पनि प्रदेश सरकार, नेपाल उद्योग बाणिज्य महासंघ र नेपाल स्थित इजरायाली राजदुतावासको उस्तै किसिमको र कृषि अध्ययन केन्द्रको देशभरी हरेक प्रदेश र देशको विभिन्न स्थानमा स्थापना गर्ने…

पुरा पढ्नुहाेस्

‘पुँजी,प्रविधि र जमिनको उपयोग गर्ने उपयुक्त समय आयो’ : सभापति सुमार्गी

चैत्र ८,काठमाडौँ । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रय सदस्य तथा कृषि उद्यम केन्द्रका सभापति अरुण राज सुमार्गीले कृषि उद्यम केन्द्रका सभापति सुमार्गीले पुँजी,प्रविधि र जमिनको उपयोग गर्ने उपयुक्त समय आएको बताएका छन् । आराभा नेपाल मोर्डन एग्रिकल्चर कम्पनी लिमिटेडको आयोजनामा सोमबार इजरायलबाट १० देखि २४ महिनासम्म कृषि अध्ययन गरी फर्केका युवाहरुले सुरु गरेको कृषि सम्बन्धी अन्तक्रियामा सुमार्गीले नेपालमा अव कृषिको विकल्प नभएको बताएका हुन् । उनले भने-‘मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन हामीले १०० किसान अभियान सुरु गरिसकेका छौँ, राज्यले पनि यो अभियानलाई साथ दिओस् ।’ इजरायली राजदुत हनान गोडारसमेत उपस्थित कार्यक्रममा…

पुरा पढ्नुहाेस्

‘सहकारीमार्फत लगानी गरेर कृषिको विकास गरौँ ‘ : सुमार्गी

फागुन २७,रोल्पा । कृषि उद्यम केन्द्रका सभापति तथा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य अरुणराज सुमार्गीले कृषिको उदारिकरण गर्न आवश्यक रहेको बताएका छन् । रोल्पा उद्योग बाणिज्य महासंघको १८ औँ बार्षिक साधारण सभामा सम्बोधन गर्दै सुमार्गीले ९० प्रतिशत नागरिक कृषिमा आधारित भएको कारण राज्यले कृषिमा लगानी बढाउनु पर्नेमा जोड दिए । उनल सहकारीमार्फत कृषिमा लगानी गरेर कृषिको विकास सम्भव रहेको बताए । सुमार्गीले सहकारीमार्फत कृषिमा लगानी गरेर प्रविधिको उच्चतम प्रयोग गरेमात्रै नेपाल उत्पादनमा अघि बढ्ने बताए । उनले कृषि क्रान्तीको लागी सरकारले निजी क्षेत्रसंग मिलेर अघि बढ्न सुझाव दिएका छन्…

पुरा पढ्नुहाेस्

श्रममन्त्री श्रेष्ठसंग कृषि उद्यम केन्द्रका सभापति सुमार्गीसहितको टोलीले भेट्यो

मंसिर १०,काठमाडौँ । उद्योग बाणिज्य महासंघ अन्तर्गत रहेको कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गीसहितको टोलीले श्रम तथा रोजगार मन्त्री किसन श्रेष्ठसंग भेट गरेको छ । भेटको क्रममा केन्द्रका सभापति सुमार्गीले कृषि उद्यम केन्द्रले चलाइरहेको १०० किसान अभियानको विषयमा जानकारी गराउदै मन्त्रालयलाई किसानलाई समेटेर रोजगारीको कार्यक्रम बनाउन आग्रह गरे । उनले केन्द्रले तयार पारेको १०० किसान अवधारणासमेत हस्तान्तरण गर्दै सो अभियानमा सरकारलाई सहयोग गर्न आग्रह गरे । सुमार्गीले कृषिको गेमचेन्जर कार्यक्रम १०० किसान अवधारणा सरकारलाई नै सफल बनाउन अघि सारिएको बताए । उनले क्न्द्रको देशभरी नै किसानसंग सम्पर्क रहेको भन्दै सरकारसंग…

पुरा पढ्नुहाेस्

सय किसान अवधारणा: एइसी र आराभा नेपालबीच कृषि सम्झौता

उद्योग बाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्र (एइसी) र आराभा नेपाल मोर्डन एग्रिकल्चर कम्पनीबीच कृषि सम्झौता भएको छ । एइसीको कार्यालय टेकुमा एक कार्यक्रमबीच एइसीको १०० किसान अवधारणा अन्तर्गत सो सम्झौता भएको हो । सम्झौतामा एइसीका सभापती अरुणराज सुमार्गी र कम्पनीको तर्फबाट अध्यक्ष कृष्ण प्रसाद बजगाईले हस्ताक्षर गरेका थिए । केही समय अघिमात्रै सभापती सुमार्गीले एइसीको नौलो र नेपालको कृषि क्षेत्रको लागि गेमचेन्जर मानिएको १०० किसान कार्यक्रम अघि सारेका थिए । सोही कार्यक्रमलाई अघि बढाउने क्रममा मंगलबार सो सम्झौता भएको हो । सो सम्झौता अनुसार एइसी र आराभा नेपालले देशभरबाट…

पुरा पढ्नुहाेस्

‘कोराना नियन्त्रण गर्न निजी क्षेत्रले सरकारलाई सबै किसिमको साथ दिन्छ’ : व्यवसायी सुमार्गी

चैत्र ६,काठमाडौँ । व्यवसायी अरुणराज सुमार्गीले नेपालमा (कोभिड–१९) कोराना नियन्त्रणको लागी निजी क्षेत्रबाट सबै किसिमको सहयोग रहने बताएका छन । उनले मुलुकमा आएको विपत्तीमा जुनसुकै बेलापनि साथ दिएको बताउदै आ–आफ्नो क्षेत्रबाट अहिले कोरोना भाईरस रोकथामको लागी पनि निरन्तर सरकारसंग सहकार्य गरिरहेको बताए । उनले अनलाईनकेन्द्रसंग कुरा गर्दै होटल व्यवसायीहरु आफ्ना होटललाई क्वारेन्टाईन बनाउन तयार रहेको उल्लेख गर्दै निजी क्षेत्र फराकिलो छाती बनाएर बसेको बताए । सुमार्गीले  सरकार भन्दा निजी क्षेत्र एक कदम अघि रहेको समेत बताए । केहीदिन अघि अर्थमन्त्रीको संयोजकत्वमा निजी क्षेत्रले छलफल गरेको उल्लेख गर्दै सरकारले निजी क्षेत्रलाई…

पुरा पढ्नुहाेस्