अल बिदा प्रेम प्रसाद आचार्य !

माघ ११, काठमाडौँ । संघीय संसद् भवनअगाडि आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ । कीर्तिपुर अस्पतालमा उपचाररत आचार्यको आज बिहान ५ बजे निधन भएको अस्पतालले जनाएको हो । उनको शरीर ८० प्रतिशत जलेको थियो । जसलाई जटिल अवस्था मानिन्छ । इलाम घर भएका आचार्यले हिजो शरीरमा पेट्रोल हालेर आत्मदाह गरेका थिए । प्रहरीले उद्धार गरी उनलाई अस्पताल पुर्‍याएको थियो । आचार्यलाई भेट्न मङ्गलवार साँझ स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्की पनि अस्पताल पुगेकी थिइन् । हे्नुस् उनकाे स्टाटसः म एक आम युवा, आम उद्यमी, आम ब्यवसायी, प्रेम प्रसाद आचार्य…

पुरा पढ्नुहाेस्