आईसीसी विश्व कप क्रिकेट लिग–२: भीम सार्कीले बनाए अर्धशतक

चैत्र २,काठमाडौँ । आईसीसी विश्व कप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय शृङ्खलामा यूएईसँगको खेल जित्न तीन सय ११ रनको विशाल लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरेको छ । नेपालले ९८ रन बनाउँदा ४ विकेट गुमाइसकेको छ । तर भीम सार्कीले भने राम्रो खेलेका छन् । उनले अर्धशतक प्रहार गरेका छन् । सार्कीले ६० बलमा ५० रन हानेका छन् । यसअघि कुशल भुर्तेल पनि ५० रन बनाएर आउट भएका थिए । यो समाचार तयार पार्दासम्म नेपालले २६ ओभर ३ बलको खेल सकिँदा ४ विकेट गुमाएर १५२ रन बनाएको छ ।

पुरा पढ्नुहाेस्

आईसीसी विश्व कप क्रिकेट लिग–२ : नेपालले पीएनजीसँग खेल्दै, सिधै विश्वकप क्वालिफायर खेल्ने लक्ष्य

फागुन २९, काठमाडौँ । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज सोमबार पपुवा न्युगिनी पीएनजीसँग खेल्दैछ । खेल विहान साढे ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । आइतबार यूएईलाई हराएर ४ वर्षको लागि एकदिवसीय मान्यता पक्का गरेको नेपालले अब २ खेल जितेमा सिधै विश्वकप क्वालिफायर खेल्नेछ । नेपालले सन् २०१८ मार्च १५ मा पहिलो पटक एकदिवसीय मान्यता पाएको थियो । नेपाल ३४ खेलमा ३६ अङ्कसहित लिग–२ तालिकाको चौथो स्थानमा उक्लिएको छ । एकदिवसीय मान्यता कायम गर्न तालिकाको शीर्ष पाँचमा अट्नुपर्ने हुन्छ ।

पुरा पढ्नुहाेस्

आईसीसी विश्व कप क्रिकेट लिग–२: नेपालले यूएईलाई ४२ रनले हरायो

फागुन २२,काठमाडौँ । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले यूएईलाई ४२ रनले हराएको छ । नेपालले दिएको २ सय ३० रनको लक्ष्य पछ्याएको यूएई ४५ ओभरमा १ सय ८७ रनमा अलआउट हुँदै रनमात्र बनाउन सक्यो । यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर रन बनायो । ६८ रन बनाउँदा ५ विकेट गुमाएको अवस्थामा मध्यक्रमका ब्याटरले उत्कृष्ट ब्याटिङ गरेका थिए । नेपालका लागि भीम सार्कीले सर्वाधिक ७० रन बनाए । यस्तै आरिफ शेख ४३, कुशल मल्लले ३२ र…

पुरा पढ्नुहाेस्

आईसीसी विश्व कप क्रिकेट लिग–२: नेपाल नामिबियासँग ६३ रनले पराजित

साउन १,काठमाडौँ । आईसीसी विश्व कप क्रिकेट लिग–२ मा नेपाल नामिबियासँग ६३ रनले पराजित भएको छ । त्रिदेशीय एक दिवसीय श्रृङ्खलामा नेपाल नामिबियासँग पराजित भएसँगै छैटौँ स्थानमा झरेको छ । स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली नामिबियासँग लगातार दोस्रो खेलमा हारेको हो । नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो । स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो । हिजोको खेलमा जितका लागि २ सय रनको विजयी लक्ष्य पछ्याएको नेपाल ३७ ओभर ५ बलमा १ सय ३६ रनमा अलआउट भयो । नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३८ रन जोडे ।…

पुरा पढ्नुहाेस्

आईसीसी विश्व कप क्रिकेट लिग–२: नामिबियाले नेपाललाई २ सय रनको लक्ष्य दियो

असार ३२,काठमाडौँ । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत नामिबियासँगको खेल जित्न नेपालले २ सय रनको लक्ष्य पाएको छ । स्कटल्यान्डमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४९ ओभर २ बलमा अलआउट हुँदै १ सय ९९ रन बनायो । उसका लागि गेर्हाड एरास्मसले सर्वाधिक ५७ र डेविड वाइजले ३४ रन बनाए । बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछानले ४ विकेट लिए । यस्तै सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले २र२ तथा बासिर अहमदले १ विकेट लिए । यसअघि भएको पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो भने दोस्रो खेलमा घरेलु…

पुरा पढ्नुहाेस्