आउँदो डिसेम्बरदेखि प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाउने क्यानडा सरकारको घोषणा

असार ७, काठमाण्डौ । क्यानडा सरकारले आउँदो डिसेम्बरदेखि एक पटक मात्रै प्रयोग हुने प्लास्टिकमाथि प्रतिबन्ध लगाउने भएको छ । प्लास्टिकको प्रयोग घातक र हानिकारक रहेको भन्दै त्यहाँको सरकारले प्लास्टिकका झोला, भाँडाकुँडा र पुनःप्रयोग गर्न नमिल्ने प्लास्टिका अरु सामग्रीहरु उत्पादन र प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा गरेको हो । क्यानडाका वातावरण मन्त्री स्टिभन गिलबल्टले प्लास्टिक प्रदूषण घटाउन सरकार तत्पर रहेको र आफ्नो प्रतिबद्धता पूरा गरिरहेको बताउनुभएको छ । उहाँले बढ्दो प्रदूषणको कारक प्लास्टिक रहेको र प्रयोग रोक्ने निर्णय भएको जानकारी दिएको रोयटर्सले जनाएको छ ।

पुरा पढ्नुहाेस्