पोखरा महानगरको मेयरमा कार्की,पहारी र आचार्यसहित १२ जनाको नाम सिफारिस

बैशाख २,कास्की । पोखरा महानगरपालिकाको मेयर र उपमेयर पदका उम्मेदवार छान्नका लागि नेकपा एमालेले आकाङ्क्षी सबैको नाम सिफारिस गरेको छ । एमाले पोखरा नगर कमिटीले मेयरका आकाङ्क्षी १२ जना र उपमेयरका आकाङ्क्षी ९ जनाको नाम केन्द्रमा सिफारिस गरेको हो । यसअघि केन्द्रीय कमिटीले एक पदमा बढीमा तीन जनाको नाम मात्रै सिफारिस गर्न निर्देशन दिएपछि सर्वसम्मतको प्रयास भए पनि सफल नभएपछि सबैको नाम सिफारिस गरिएको पोखरा नगर कमिटीका अध्यक्ष दिलिप न्यौपानेले जानकारी दिए । यसअघि तीन दिनसम्म निरन्तर बैठक बसेर पनि सर्वसम्मत हुन नसकेपछि आज शुक्रवार मतदानबाट उम्मेदवारको नाम टुङ्ग्याउन लागिएको…

पुरा पढ्नुहाेस्