आपले नयाँ तरिका अपनाउँदै मुख्यमन्त्रीका उम्मेदवार छान्यो

माघ ४,काठमाडौँ । भारतीय प्रान्तमा पन्जाबमा आम आदमी पार्टी (आप) ले नयाँ तरिका अपनाउँदै मुख्यमन्त्रीका उम्मेदवार छानेको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार मंगलबार चन्डिगढमा आपका प्रमुख एवं दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले पन्जाबमा आपले बहुमत ल्याए भागवान्त मन मुख्यमन्त्री हुने घोषणा गरे। भागवान्तलाई मुख्यमन्त्रीका उम्मेदवार घोषणा गर्न आपले नयाँ तरिका अपनाएको छ। पन्जाबमा आउने फेब्रुअरीमा विधान सभा चुनाव हुँदैछ। आपले नयाँ मुख्यमन्त्री कसलाई बनाउने भनेर जनताबाट राय मागेको थियो। ‘जनता चुन्नेछन् आफ्ना मुख्यमन्त्री’ अभियानअन्तर्गत आपले फोन र सामाजिक सन्जालमार्फत् जनताको अभिमत मागेको थियो। केजरीवालले झन्डै २२ लाख मानिसहरूले यो अभियानमा आफ्नो राय…

पुरा पढ्नुहाेस्