आयरल्यान्डसँगको पहिलो टी–ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिका ३३ रनले विजयी

साउन ५, काठमाण्डौ । घरेलु टोली आयरल्यान्डसँगको पहिलो टी–ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिका ३३ रनले विजयी भएको छ । दक्षिण अफ्रिकाले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको आयरल्यान्डले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३२ रन मात्र बनाउन सक्यो । आयरल्यान्डका लागि ह्यारी टेक्टरले ३६ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । जितसँगै तीन खेलको टी–ट्वेन्टी श्रृङ्खलामा दक्षिण अफ्रिकाले १–० को अग्रता बनाएको छ । यसअघि भएको तीन खेलको एक दिवसीय श्रृङ्खला भने १–१ को बराबरीमा सकिएको थियो ।

पुरा पढ्नुहाेस्