आहा रारा गोल्डकप: आज सङ्कटा क्लब र मच्छिन्द्र फुटबल क्लब खेल्दै

माघ १०,काठमाडौँ । आहा रारा गोल्डकप फुटबलमा आज सङ्कटा क्लब र मच्छिन्द्र फुटबल क्लब खेल्दै छन्। खेल पोखरा रङ्गशालामा दिउँसो साढे २ बजे हुनेछ । यो खेलको विजेताले सेमिफाइनलमा एपीएफ क्लबसँग खेल्नेछ । यसअघि हिजो भएको खेलमा नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मनाङ अन्तिम चारमा पुगेको छ । सहारा क्लब पोखराको आयोजनामा भइरहेको प्रतियोगितामा कुल १० टिम सहभागी छन् ।

पुरा पढ्नुहाेस्