इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनल विजयी

फागुन २९, काठमाण्डौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनल विजयी भएको छ । गएराति भएको खेलमा फुलहमलाई ३–० गोल अन्तरले हराउँदै आर्सनल विजयी भएको हो । जितसँगै आर्सनलले ६६ अङ्क जोडेको छ । म्यानचेस्टर सिटी ६१ अङ्कका साथ दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड भने साउथह्याम्टनसँग गोलरहित बराबरीमा रोकिएको छ । गएरातिको खेल बराबरी भएसँगै युनाइटेडले अङ्क बाँडेको छ । उसको ५० अङ्क छ । यस्तै, गएराति नै भएका अरु खेलमा वेस्टह्याम र एस्टोन भिल्लाले एक एक गोलको बराबरी खेलेका छन् भने न्यूक्यासलले वुल्भ्स्लाई २–१…

पुरा पढ्नुहाेस्

इंग्लिस प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीलाई

जेठ ९, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । आइतबार राति सिजनको अन्तिम खेलमा एस्टन भिल्लासँग ३-२ गोल अन्तरले हराउँदै सिटी च्याम्पियन बनेको हो । सिटीले छैटौं पटक प्रिमियर लिगको उपाधि जितेको हो । घरेलु मैदानमा दुई गोलको अग्रता उल्टाएर सिटीले जित निकालेको हो । खेलको ३७ औं मिनेटमा म्याटि क्यासले गोल गर्दै एस्टनलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ६९ औं मिनेटमा फिलिपे कौटिन्होले गोल गर्दा एस्टन २-० ले अघि रह्यो । तर, इल्के गुन्डोगान चम्किएपछि सिटीले उत्कृष्ट पुनरागमन गर्यो । खेलको ७६ औं…

पुरा पढ्नुहाेस्

ब्रेन्टफोर्डमाथि युनाईटेडको सहज जित

बैशाख २०, काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले ब्रेन्टफोर्डलाई हराएको छ । सोमबार राति भएको खेलमा युनाईटेडले ब्रेन्टफोर्डलाई ३-० गोल अन्तरले हराएको हो । युनाईटेडको जितमा ब्रुनो फर्नान्डेस, क्रिस्टियानो रोनाल्डो र राफायल भरानेले एक एक गोल गरे । घरेलु मैदानमा खेलको नवौं मिनेटमा फर्नान्डेसले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ६१ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ७२ औं मिनेटमा भरानेले गोल गर्दै युनाईटेडलाई ३-० को जित दिलाए । यस जितसँगै युनाईटेडले ३६ खेलमा ५८ अंक जोडेको छ…

पुरा पढ्नुहाेस्

प्रिमियर लिग: चेल्सी र युनाईटेडको बराबरी

बैशाख १६, एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टर युनाईटेडले बराबरी खेल्दै अंक बाडेका छन् । बिहीबार राति भएको खेलमा चेल्सी र युनाईटेडले १-१ गोलको बराबरी खेलेका छन् । युनाईटेडको मैदानमा सुरुआती अग्रता भने चेल्सीले बनाएको थियो । मार्कोस अलन्सोले ६० औं मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर, ६२ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युनाईटेडलाई १-१ गोलको बराबरीमा ल्याए । यस बराबरीसँगै चेल्सीले ३३ खेलमा ६६ अंक जोडेको छ । चेल्सी तेस्रो स्थानमा रहेको छ । युनाईटेड ३५ खेलमा ५५ अंक जोडेर छैटौं स्थानमा…

पुरा पढ्नुहाेस्

युनाईटेडको गोलपोष्टमा ४ गोल

बैशाख ७, काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले फराकिलो जित निकालेको छ । मंगलबार राति भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाईटेडलाई ४-० गोल अन्तरले हराएको हो । लिभरपुललाई जित दिलाउन मोहमद सलाहले दुई गोल गरे । लुइस डियाज र साडियो मानेले एक एक गोल गरे । जितसँगै लिभरपुल शीर्ष स्थान उक्लिएको छ । लिभरपुलले ३२ खेल ७६ अंक जोडेको छ । लिभरपुल दोस्रो स्थानको सिटी भन्दा २ अंकले अघि रहेको छ । युनाईटेड ५४ अंक जोडेर छैटौं स्थान रहेको छ ।

पुरा पढ्नुहाेस्

सिटी र लिभरपुलको बराबरी

चैत २८, एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार म्यानचेस्टर सिटी र लिभरपुलले बराबरी खेल्दै अंक बाडेका छन् । आइतबार राति भएको खेलमा सिटी र लिभरपुलले २-२ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् । इतिहास स्टेडियममा घरेलु टोली सिटीले दुई पटकको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको छ । खेलको पाँचौं मिनेटमा केभिन डी ब्रुएनले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको १३ औं मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई १-१ गोलको बराबरीमा ल्याए । खेलको ३६ औं मिनेटमा ग्राबियल जिससले गोल गर्दै सिटीलाई २-१ को अग्रता…

पुरा पढ्नुहाेस्

साउथह्याम्पटनले सिटीलाई हरायो

फागुन १४, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्पटनले नर्विच सिटीलाई हराएको छ । शुक्रबार राति भएको खेलमा साउथह्याम्पटनले सिटीलाई २-० गोल अन्तरले हराएको हो । साउथह्याम्पटनलाई जित दिलाउन चे एडम्स र ओरिओल रोमेउले एक एक गोल गरे । खेलको ३६ औं मिनेटमा एडम्सले गोल गर्दै साउथह्याम्पटनलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८८ औं मिनेटमा रोमेउले गोल गर्दै टोलीलाई २-० को जित दिलाए । जितसँगै साउथह्याम्पटनले २६ खेलमा ३५ अंक जोडेको छ । साउथह्याम्पटन लिगको नवौं स्थानमा रहेको छ । नर्विच १७ अंक जोडेर पुछारमा रहेको छ ।

पुरा पढ्नुहाेस्

सिटी र एभर्टनको जित, क्रिस्टलको बराबरी

फागुन १, काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटी फराकिलो गोल अन्तरले विजयी भएको छ । शनिबार रातिको खेलमा सिटीले नर्विच सिटीलाई ४-० गोल अन्तरले हराएको हो । सिटीको जितमा रहिम स्ट्रर्लिङले ह्याट्रिक पूरा गरे । फिल फोडेनको नाममा एक गोल रह्यो । खेलको ३१ औं मिनेटमा रहिमले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए । ४८ औं मिनेटमा फोडेनले गोल गर्दै सिटीलाई २-० को अग्रता दिलाए । रहिमले ७० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा सिटी ३-० ले अघि रह्यो । त्यसपछि खेलको ९० औं मिनेटमा…

पुरा पढ्नुहाेस्

ब्रेन्टफोर्डलाई सिटीले हरायो

माघ २७, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले जित निकालेको छ । बुधबार राति भएको खेलमा सिटीले ब्रेन्टफोर्डलाई २-० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन रियाद महरेज र केभिन डी ब्रुएनले एक एक गोल गरे । खेलको ४० औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ६९ औं मिनेटमा ब्रुएनले गोल गर्दै सिटीलाई २-० को जित दिलाए । यस जितसँगै सिटीले लिगमा लिभरपुलमाथि १२ अंकको अग्रता बनाएको छ । सिटीले २४ खेलमा ६० अंक जोडेको छ । दोस्रो…

पुरा पढ्नुहाेस्

इंग्लिस प्रिमियर लिगः वल्भसले युनाइटेडलाई हरायो

पुस २०, एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड वल्भससँग १-० ले पराजित भएको छ । खेल सकिन आठ मिनेट बाँकी हुँदा वल्भसका माजोओ मौटिन्होले गरेको एकमात्र गोल निर्णायक बन्यो । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको यो सिजनको छैटौं हार हो । सोमबार राति युनाइटेड घरेलु मैदान ओल्ड ट्राफोर्डमा पाहुना टोलिमाथि युनाइटेडले दबाब दिए पनि नतिजा भने वल्भसको पक्षमा निस्कियो । पराजित भएसँगै युनाइटेडको अन्तरिम प्रशिक्षकको रुपमा राल्फ रंगनिकको अपराजित यात्रामा समेत पूर्णविराम लागेको छ । शीर्ष चारमा संघर्षरत युनाइटेड १९ खेलबाट ३१ अंकसहित तालिकाको सातौं स्थानमा छ ।…

पुरा पढ्नुहाेस्