उपनिर्वाचन: तनहुँ १ मा ५१.७० प्रतिशत मत खस्यो

बैशाख १०,काठमाडौँ । तनहुँ १ मा भएको उपनिर्वाचनमा ५१.७० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार यहाँ ६३ हजार ७५७ मत खसेको छ । उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ मा १ लाख २३ हजार ३०५ मतदाता थिए । गत मंसिरमा भएको चुनावमा भने यहाँ ५४.३६ प्रतिशत मत खसेको थियो ।

पुरा पढ्नुहाेस्