एकैदिन १२ हजार जनाले अवलोकन गरे सदर चिडियाखाना

जेठ ११,काठमाडौँ । जावलाखेलमा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखानामा आज वर्षकै सबैभन्दा धेरै अवलोकनकर्ता पुगेका छन् । आज भोटो जात्राका अवसरमा सरकारले काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिएकाले जावलाखेलमा जात्रा हेर्न आउनेहरु बिहानदेखि चिडियाखाना अवलोकन गर्न पनि पुगेका छन् । आज एकैदिन झण्डै १२ हजार जनाले चिडियाखाना भ्रमण गरेका चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाले जानकारी दिए । यो सङ्ख्या पछिल्लो एक वर्षकै धेरै हो । उनका अनुसार अघिल्ला वर्षको तुलनामा यस वर्ष भोटो जात्राका दिनमा भने कम अवलोकनकर्ता आएका छन् । यसअघिका वर्षमा यस दिन झण्डै २२ हजार जनाले…

पुरा पढ्नुहाेस्