अर्घाखाँचीमा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु, एक जना घाइते

असार १९, बुटवल । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोले घर पुरिँदा एकै घरका तीन बालबालिकाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । पाणिनी गाउँपालिका-१ पणेनाको गोवनपानीमा गंगा रास्कोटीको घर पुरिँदा उनका तीन जना नातिनातिनाको मृत्यु भएको वडा अध्यक्ष कमलप्रसाद पोखरेलले जानकारी दिए। उनका अनुसार मृत्यु हुनेमा १० वर्षीय धनबहादुर रास्कोटी, १२ वर्षीय खुमबहादुर रास्कोटी र ११ वर्षीया अञ्जना रास्कोटीको रहेका छन् । घटनामा १४ वर्षीय सचिन रास्कोटी सामान्य घाइते भएका छन् । मृत्यु हुने बालबालिका दाजुभाईका छोराछोरी हुन् । मंगलवार बिहान साढे ६ बजेको समयमा अविरल वर्षासँगै घरमाथिबाट…

पुरा पढ्नुहाेस्

ताप्लेजुङको मेहेलेमा पहिरो: बाबुछोराको ज्यान गयो, एक जना घाइते

असार ४,काठमाडौँ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा आज बिहान पहिरो जाँदा बाबु छोराको ज्यान गएको छ । एक जना घाइते भएका छन् । पहिरोमा परि केशरबहादुर राई र उनका छोरा सुरेश राईको ज्यान गएको हो । यस्तै, राजकुमार राई घाइते भएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए । पहिरोमा बेपत्ता भएका केशरबहादुर मृत भेटिएको र घाइते भएका सुरेशको उपचार लागि लैजाँदै गर्दा ज्यान गएको हो । घाइते राजकुमारलाई उपचारका लागि अस्पताल लैजान समस्या भइरहेको लिम्बूले बताए। यस्तै, शनिवार राति गएको पहिरोमा परि बेपत्ता भएका मेहेलेका एकै घरका…

पुरा पढ्नुहाेस्

सुर्खेतमा गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु, एक जना घाइते

माघ ८, सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिकाको छिन्चुबाट सदरमुकाम वीरेन्द्रनगर आउँदै गरेको हाइलेक्स गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। आइतबार बिहान साढे दुई बजेतिर बाप्र ०१०२६ च ९२१३ नम्वरको डबल क्याप वीरेन्द्रनगर–११ को झुप्राखोला नजिकै दुर्घटना हुँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाका अनुसार दुर्घटनामा परेर चालक वीरेन्द्रनगर नगरपालिका–७ का २७ वर्षीय सागर शाही, दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ का ३३ वर्षीय दीपन्द्रजंग शाही, दैलेखकै भगवतीमाई गाउँपालिका–५ का ३१ वर्षीय बबिन शाही र दैलेखकै गुराँस गाउँपालिका–३ का…

पुरा पढ्नुहाेस्

मोटरसाइकल जुध्दा दुवै चालकको मृत्यु, एक जना घाइते

असोज ८, काठमाण्डौ । झापाको मेचीनगर नगरपालिकामा शुक्रबार राति मोटरसाइकल एकापसमा जुध्दा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी एक घाइते भएका छन् । मेची राजमार्गअन्तर्गत मेचीनगर–१२ स्थित पिपलडाँगीमा शुक्रबार राति ११ः२५ बजे उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र १–०१–०१४ र प ३३५० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँँदै गरेको प्र १–०१–०१४ प २६७८ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँँदा दुवै चालकको मृत्यु भएको झापा जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परी सख्त घाइते भएका प्र १–०१–०१४ प ३३५० नम्बरको मोरसाइकल चालक कनकाई–४ का ३८ वर्षीय कृष्णप्रसाद सिग्देल र…

पुरा पढ्नुहाेस्

नवलपरासीमा पहिरो : तीन जना बेपत्ता, एक जना घाइते

भदौ ११, बुटवल। पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–४ माथिल्लो चारघरेमा पहिरो जाँदा एकै परिवारका तीन जना बेपत्ता भएका छन् । पहिरोमा परी एक जना गम्भीर घाइते भएका छन् । चारघरेका हस्तबहादुर पुलामीको घरमाथिबाट पहिरो खस्दा ५० वर्षीया धनमाया पुलामी र उनका दुई जना नातिनीहरू ७ वर्षीया भूमिसरा र ६ वर्षीया देउमाया बेपत्ता भएको गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले जानकारी दिइन् । गएरातिदेखिको अविरल वर्षाका कारण गएको पहिरोले पुलामी घर पुरिएको छ । पहिरोमा परेर घाइते हस्तबहादुरलाई उपचारका लागि सदरमुकाम कावासोती पठाइएको छ भने बेपत्ताको खोजी भइरहेको पाण्डेले बताइन् ।  

पुरा पढ्नुहाेस्

सिरहामा बम बिष्फोट, एक जना घाइते

साउन ३, सिरहा । सिरहाको औरही गाउँपालिका ५ मा गएराति बम बिस्फोट भएको छ । बिस्फोटमा घरमा सुतिरहेका सुवर्ण यादव घाइते भएका छन् । उनको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी विनोद घिमिरेले जानकारी दिए ।

पुरा पढ्नुहाेस्