मोरङमा १७ वर्षीया किशोरीमाथी जबरजस्ती करणी, एक युवक पक्राउ

साउन १७,काठमाडौँ । मोरङमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । जहदा गाउँपालिका(३ हातिबन्दा बस्ने २३ वर्षीय सुमन राजवंशीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । सुमनले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मझारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

पुरा पढ्नुहाेस्

सिराहामा बोक्सीको आरोपमा महिलामाथि कुटपिट, एक युवक पक्राउ

वैशाख ५ सिरहा । सिराहामा बोक्सी आरोपमा महिलालाई कुटपिट गरी यातना दिइएको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । औरही गाउँपालिका ५ की ५० वर्षीय हिरादेवी साहलाई बोक्सीको आरोपमा कुटपिट गरी जबर्जस्ती मलमूत्र कोच्याएको आरोपमा २९ वर्षीय घुरन साहलाई प्रहरीले पक्राउ गरेको हो । घुरन हिरादेवीका आफ्नै भतिजा हुन् । घटनाको विषयमा आधिकारीक जानकारी वा उजुरी नआएको भन्दै पीडित महिलालाई जिल्लामा ल्याउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी सुदिप राजभण्डारीले जानकारी दिए । उनले भने, ‘हामीले पीडितलाई यही झिकाएर जानकारी लिँदैछौं, त्यसपछिमात्र घटनाबारे केही भन्न सकिन्छ ।’…

पुरा पढ्नुहाेस्