एनआईसी एशिया बैंकको ‘डिजिटल दसैँ’ योजना सार्वजनिक

आश्विन २५,काठमाडौँ । एनआईसी एशिया बैंकले डिजिटल कारोबारलाई प्रोत्साहनका निमित्त चाडपर्वका अवसरमा ‘डिजिटल दसैँ’ योजना सार्वजनिक गरेको छ । यस योजनामार्फत बैंकका विभिन्न डिजिटल च्यानलमार्फत कारोबार गर्दा सबैभन्दा धेरै कारोबार गर्ने ग्राहकहरूलाई आकर्षक उपहारदेखि अधिकतम २५ प्रतिशतसम्म क्यास ब्याक तथा छुट प्रदान गर्ने बैंकले जनाएको छ । ग्राहकहरूलाई किनमेल गर्न अझ सहज पार्ने उद्देश्यअनुरुप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त विभिन्न सामग्री खरिद गरी बैंकको कार्डमार्फत ई–कमर्श तथा पीओएस भुक्तानी एवं मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले क्यूआर भुक्तानी गर्दा आकर्षक छुट तथा क्यास ब्याकको व्यवस्था गरेको हो । बैंकले असोज…

पुरा पढ्नुहाेस्