‘एमाले अब पार्टी रहेन, केपि ओलि गुट मात्र’ : सुदेश पराजुली

पुस ४,भोजपुर । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट जनसंगठनको भोजपुरको अनेरास्ववियू र युवा संघ नेपाल भेला भव्य रुपमा सप्पन्न भएको छ । भेलाबाट अनेरास्ववियू भोजपुर जिल्ला कमिटीको अध्यक्ष प्रकाश सिं राईको नेतृत्वमा ५१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । त्यसै गरि युवा संघ नेपाल भोजपुर जिल्ला कमिटी अध्यक्षमा मन्दिप तामाङको नेतृत्वमा २०१ जना सदस्यीय कमिटी निर्माण भएको छ । उक्त भेलामा अनेरास्ववियूका केन्द्रिय अध्यक्ष सुदेश पराजुली एमाले अब पार्टी होईन केपि ओलिको भजनमण्डली भएको बताए । कम्युनिस्ट आन्दोलनमा केशरजंग रायमाझी पछि गद्वार केपि ओलि भएको बताएका छन् ।…

पुरा पढ्नुहाेस्