एलआरआई विद्यार्थी साहित्य सञ्जालले २०८ औँ भानु जयन्ती भव्य रूपमा मनायो

साउन १,काठमाडौँ । साहित्य सञ्जालले विविध साहित्यिक कार्यक्रम अन्तरगत आफ्नो सिर्जना वाचन, अन्य कविका रचना वाचन, भानुभक्तीय रामायण वाचन, वक्तृत्व कला प्रतियोगिताजस्ता कार्यक्रम आयोजना गरी अनलाइन कार्यक्रममार्फत् भानु जयन्ती समारोह सम्पन्न गरेको छ । प्रतियोगितामा सयौँ विद्यार्थीहरुको प्रस्तुति र हजारौँको उपस्थितिले कार्यक्रम निकै रोचक रह्यो। सिर्जनशील विद्यार्थीहरुको सक्रीय सहभागितामा गठन भएको उक्त साहित्य सञ्जालले भाषा र साहित्यका क्षेत्रमा अग्रसरता देखाउँदै विभिन्न साहित्यकारहरुका जन्म जयन्ती, नेपाली भाषा संस्कृतिको संरक्षण र अन्य प्रतियोगितामूलक कार्यक्रमहरु आयोजना तथा सञ्चालन गरी प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले कार्यक्रमको गरिएको थियो । सो विद्यालयका संस्थापक शिवराज पन्तको संरक्षकत्वमा…

पुरा पढ्नुहाेस्