एसिड प्रहार गरेर भागेका युवक काठमाडौंबाट पक्राउ

साउन १८, काठमाडौं । सुनसरीमा एसिड प्रहार गरेर भागेका युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । सुनसरीको वराहक्षेत्र नगरपालिका–३ घर भएका ३० वर्षीय रोमनराम धामीलाई काठमाडौंको गौशालाबाट पक्राउ गरेर सुनसरी लगिएको सुनसरीका एसपी सञ्जयसिंह थापाले बताए । साउन २२ मा राती धामीले २८ वर्षीया पत्नी सरस्वती बस्नेतलाई प्रहार गर्न खोजेको एसिड लागेर छिमेकी ४३ वर्षीया श्यामकुमारी धामी घाइते भएकी थिइन् । चुरोटको विषमा विवाद हुँदा छिमेकीको शरणमा पुगेकी श्रीमतीलाई रोमनरामले लखेटेर एसिड हान्ने प्रयास गरेका हुन् । छुट्याउन खोज्दा २१ वर्षका सुमनराज धामी र १९ वर्षीय सुजनराज धामी समेत एसिडको…

पुरा पढ्नुहाेस्