‘कबड्डी’को चौंथो श्रृंखलाले नेपाली बक्सअफिसमा ओपनिङ कीर्तिमान कायम

जेठ १४, काठमाण्डौ । ‘कबड्डी’को चौंथो श्रृंखलाले नेपाली बक्सअफिसमा ओपनिङ कीर्तिमान कायम गरेको छ । मुलुकका डेढ सय हलबाट रिलिज भएको फिल्मले पहिलो दिन शुक्रबार २ करोड ९० लाख रुपैयाँ कमायो । यो कमाइ कुनै नेपाली फिल्मले घरेलु बक्सअफिसमा कायम गरेको ओपनिङको व्यवसायिक कीर्तिमान हो । यसअघि ‘छक्कापञ्जा २’ ले फिल्म रिलिज भएको पहिलो दिन १ करोड ८० लाख रुपैयाँ कमाएको थियो ।

पुरा पढ्नुहाेस्