कर्णालीका मुख्यमन्त्री शर्माले तेस्रो पटक विश्वासको मत लिए

बैशाख १५,काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत लिएका छन् । आज शुक्रवार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शर्माले विश्वासको मत लिएका हुन् । उनलाई नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र (देवराज शाही) एकरएक जना गरी २९ जना सांसदले विश्वासको मत दिएका छन् । ४० सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि २१ जनाको समर्थन आवश्यक थियो । नेकपा एमालेका नौ र राप्रपाका एक जनासहित १० जना सांसदले उनको विपक्षमा मतदान गरे । नेकपा एमालेको समर्थनमा गएको पुसमा मुख्यमन्त्री बनेका शर्माले…

पुरा पढ्नुहाेस्

कर्णालीका मुख्यमन्त्री शर्माले पाए एमालेसहितको विश्वासको मत

चैत्र १७,काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् । सत्तामा सहभागी दलमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका शर्माले दोस्रो पटक विश्वासको मत लिएका हुन् । आज शुक्रवार दिउँसो बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शर्मालाई चार दलका ३८ जना सांसदले विश्वासको मत दिएका हुन् । मतदानमा सहभागी ३९ जना सांसदमध्ये मुख्यमन्त्री शर्माको पक्षमा ३८ मत परेको छ भने विपक्षमा एक मतमात्रै परेको छ । उनले राप्रपाबाहेक सबै दल र स्वतन्त्र सांसदको मत प्राप्त गरेका छन् । शर्मालाई नेपाली कांग्रेसका १४, नेकपा…

पुरा पढ्नुहाेस्

कर्णालीका मुख्यमन्त्री शाहीद्धारा राजीनामा

कात्तिक १५,सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन्। ​सत्ता साझेदार नेपाली काँग्रेससँग भएको आलोपालो सरकार चलाउने सहमतिअनुसार मुख्यमन्त्री शाहीले राजीनामा दिएका हुन् । सोमबार कर्णालीवासीको नाममा सम्बोधन गर्दै शाहीले मुख्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरे । काँग्रेस माओवादीबीच पहिलो ६ महिना शाही र बाँकी समय काँग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने समझदारी थियो। गठबन्धन फेरबदलका क्रममा भएको सहमति अनुसार आफूले इमानको राजनीति प्रस्तुत गर्दै नेपाली काँग्रेसलाई सत्ता हस्तान्तरण गर्न लागेको शाहीले सम्बोधनका क्रममा बताए । उनले नयाँ सरकारलाई आफ्नो र पार्टीको पूर्ण समर्थन रहेको पनि जिकिर गरे ।…

पुरा पढ्नुहाेस्