कांग्रेसको संसदीय दलको नेता छान्न सिंहदरबारमा मतदान सुरु

पौष ६, काठमाडौ । सिंहदरबारमा नेपाली कांग्रेसको संसदीय दलको नेता छान्न आज मतदान हुँदैछ। बिहान ८ बजेबाट सुरु हुने भनिएको मतदान ८:४० मा सुरु भएको हो । संसदीय दलको नेता बन्न पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा छन् । मतदान केन्द्रमा मोबाइल लग्न पाउने कि नपाउने भन्ने विषयमा विवाद हुँदा मतदान सुरु हुन सकेको थिएन । मोबाइल लग्न नपाउने सहमति भए पछि भर्खरै मतदान सुरु भएको हो । अहिले नवनिर्वाचित सांसदहरु मतदानका लागि संसदीय दलको कार्यालयमा पुगेका छन् । कांग्रेसमा ८९ जनाले दलको नेता छान्न मतदान गर्दैछन्…

पुरा पढ्नुहाेस्

कांग्रेसको संसदीय दलको नेताको निर्वाचन बुधबार हुने

पौष ४,काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको नेता एवं संसदीय दल कार्यसमितिको निर्वाचन बुधबार बिहान हुने भएको छ । कांग्रेस संसदीय दलको निर्वाचन सम्पन्न गर्न गठित निर्वाचन समितिले बुधबारका लागि मिति तोकेको हो । आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय दलको निर्वाचनका लागि सहमहामन्त्री भीष्मराज आङ्दम्बेको नेतृत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो । संयोजक आङ्दम्बेसहित केन्द्रीय सदस्य पुष्पा भुसाल र प्रकाश रसाइली (स्नेही) सदस्य रहेको निर्वाचन समितिले बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म संसदीय दलको निर्वाचन गराउने भएको हो । संयोजक आङ्दम्बेका अनुसार सोमबार बिहान पार्टी कार्यालय…

पुरा पढ्नुहाेस्