कांग्रेस महाधिवेशन: सभापतिमा पौडेलले उम्मेदवारी नदिने

मंसिर २५, काठमाडौ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी नदिने भएका छन् । संस्थापन पक्ष इतरमा साझा उम्मेवार छनोटका लागि पहल गरेका उनले पहिले आफ्नै नाममा सहमतिका लागि प्रयास गरेका थिए । पछि सहमति हुने भएमा आफू उम्मेदवार नहुने पनि बताएका थिए । पूर्वमहामन्त्री प्रकाशमान सिंहले छुट्टै प्यानलसहित सभापतिमा उम्मेदवारी दर्ता गराउने तयारी गरेपछी पौडेल पछि हटेका उनका निकट सहयोगीले जानकारी दिएका छन् । संस्थापन इतर पक्षबाटै शेखर कोइराला पनि सभापतिमा उम्मेदवारी दिने तयारीमा छन् ।

पुरा पढ्नुहाेस्

कांग्रेस महाधिवेशन: सभापतिमा शेखर कोइरालाको सम्भावना र चुनौती

-पुरञ्जन आचार्य                     कांग्रेस महाधिवेशनमा अबको कार्यतालिका परिवर्तन गर्न सक्ने अवस्था छैन। किनकि, कांग्रेसको महाधिवेशन गर्ने कुरा उसको आफ्नो मात्रै हातमा रहेन। कांग्रेसको महाधिवेशन निर्वाचन आयोगसँग पनि जोडिन पुगेको छ। राष्ट्रिय सभाको उपनिर्वाचन माघ ७ देखि १० गतेभित्र गर्ने कुरा छ। महाधिवेशन गरेर नयाँ कार्यसमिति आयोगमा बुझाइसकेपछि मात्रै कांग्रेसको दल दर्ता हुन्छ। निर्वाचन आयोगमा नयाँ कार्यसमितिसहित दल दर्ता हुन नसके कांग्रेसको चुनाव चिह्न नै ‘फ्रिज’ हुने कुरा पनि सुनिन्छ। मंसिर अन्तिममा महाधिवेशन प्रारम्भ गरेर पुसको सुरुमा सक्ने कार्यतालिका पार्टीमा आयोगबाट परेको दबाबकै…

पुरा पढ्नुहाेस्