काकाको खोजीमा श्रीकृष्ण लुइँटेल (बोकेदारी)

पौष २९,इटहरी । २ दशकदेखि मोफसलमा रहेर हाँस्यब्यङ्ग गीत सिर्जना गर्न खप्पिस बोकेदारीको पहिचान बनाएका हाँस्यकलाकार तथा गायक श्रीकृष्ण लुइँटेलले ‘काका हरायो’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । लुइँटेलले आफ्नै युट्युब च्यानलमार्फत गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् ।लुइँटेलसँगै गीतमा मनिषा पोखरेलको पनि स्वर रहेको छ।यस गितका रचनाकार अच्युत अधिकारी (ब्याए भुटान) हुन् । अंग्रेजी शब्दको बाहुल्यताले आम नेपाली वालवालिकाले नेपाली भाषा र संस्कृतिलाई नै भुल्दै गएको कुरालाई गीतमार्फत उनले अलिक पृथक र रोचक ढंगले प्रस्तुत गरेका छन् ।बालबालिकाका पहिलो गुरु आफ्नै आमावुवा रहेको र विद्यालय घर भएकाले…

पुरा पढ्नुहाेस्