शंखरापुर नगरपालिकाले आफ्ना नगरबासीका लागि निःशुल्क स्वास्थ्य सुविधा दिने

असार ९,काठमाडौँ । काठमाडौंको शंखरापुर नगरपालिकाले आफ्ना नगरबासीका लागि निःशुल्क स्वास्थ्य सुविधा दिने भएको छ । यस्तै नगरपालिका भित्रका सामुदायिक विद्यालयमा कक्षा १२ सम्मको अध्ययन निःशुल्क गर्ने तयारी थालिएको छ । आगामी साउनदेखि लागू हुनेगरी निःशुल्क स्वास्थ्य सेवाको नीति अघि सारिएको शंखरापुर नगरपालिकाका प्रवक्ता राधाकृष्ण श्रेष्ठले जानकारी दिए । साँखुमा रहेको सुष्मा कोइराला मेमोरियल अस्पतालबाट नगरबासीले निःशुल्क स्वास्थ्य सुविधा लिन पाउने उनले बताए । अस्पतालसँग नगरपालिकाले यसबारेमा सम्झौता गर्ने र नगरबासीले सो अस्पतालबाट पाइने स्वास्थ्यसेवा लिन सकिने प्रवक्ता श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । उनले भने– ‘हामीले चुनावका बेला घोषणा गरेको…

पुरा पढ्नुहाेस्