आज काठमाण्डौको न्यूनतम तापक्रम सबैभन्दा कम

मंसिर २९, काठमाडौँ । आज काठमाण्डौको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम छ । बिहान पौने ९ बजेको मापनमा काठमाण्डौको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस मापन गरिएको छ । यस अघि बिहान ६ बजे ४. ६ डिग्री सेल्सियस मापन गरिएको थियो । मौसविद् मन्जु बासीकाअनुसार अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । यसकै कारण आज काठमाण्डौमा पारिलो घाम लाग्ने सम्भावना कम रहेको उनले बताइन । उनकाअनुसार आज वाग्मती र गण्डकी प्रदेश तथा प्रदेश १ र २ को मौसम आंशिक बद्ली हुने सम्भावना छ । पश्चिमी न्यून चापीय…

पुरा पढ्नुहाेस्

काठमाण्डौको न्यूनतम तापक्रम १०.५ डिग्री सेल्सियस

मंसिर ८, काठमाण्डौ । काठमाण्डौको न्यूनतम तापक्रम आज बढेको छ । हिजो घटेर ८ डिग्री सेल्सियसमा झरेको न्यूनतम तापक्रम आज भने बढेको हो । मौसमविद् राजु प्रधानांगका अनुसार आज काठमाण्डौको न्यूनतम तापक्रम १०.५ डिग्री सेल्सियस मापन गरिएको छ । गएराति आकाशमा बादल लागेकाले तापक्रम बढेको हो । यस्तै, आज अधिकतम तापक्रम पनि बढ्ने पूर्वानुमान गरिएको छ । आज अधिकतम तापक्रम २१ देखि २४ डिग्री सेल्सियससम्म पुग्ने अनुमान रहेको उनले बताए । यस्तै, अहिले काठमाण्डौसहित देशका धेरै ठाउँमा हुस्सु कुहिरो छ । दिउँसो भने धेरै ठाउँमा घाम लाग्ने मौसमविद्ले बताएका छन्…

पुरा पढ्नुहाेस्

मौसम पूर्वानुमान : आज मौसम सफा रहने, काठमाण्डौको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस

माघ ९, काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाले आज पनि मौसम सफा रहने बताएको छ । अहिले नेपालमा कुनै पनि उल्लेखनीय मौसम प्रणाली नभएको भन्दै मौसम सफा रहने जनाएको हो । मौसमविद् मञ्जु बासीका अनुसार काठमाडौं उपत्यकामा हल्काफुल्का हुस्सु लागेको छ । तराई भेगमा पनि हुस्सु र कुहिरो छ । पहाडी भेगमा बिहानमै र तराईमा दिउँसो मात्र हुस्सु र कुहिरो हटेर जानेछ । चिसो रहिरहने छ । उपत्यकाको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस रहेको छ । ६ः४५ बजे पनि तापक्रम २ डिग्री नै रहेको थियो । उपत्यकामा तुसारो पनि परिरहेको छ…

पुरा पढ्नुहाेस्