काठमाण्डौमा भएको दुर्घटनामा एक जनाको मृत्यु

साउन २१, काठमाण्डौ । काठमाण्डौमा गएराति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । अर्का एक जना घाइते भएका छन् । कोटेश्वरमा रोकिराखेको बा ३ ख ८०१६ नम्बरको टिपरमा बा ८९ प ४४९६ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकलको पछाडि बस्ने मकवानपुरको बकैया गाउँपालिका–४ घर भइ भक्तपुरको चारदोबाटो बस्ने ३६ वर्षकी भूमिका आलेमगरको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

पुरा पढ्नुहाेस्